१८ असार २०८३, बिहीबार

जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु

पुस ६, २०८१
काठमाडौं
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु

जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

यो घटना जर्मनीको म्याग्डेबर्गको हो । मृत्यु हुनेमा एक बालक पनि छन् ।

सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा साँघुरो लेनमा तीव्र गतिमा गुडिरहेको कारले धेरैलाई ठक्कर दिएको देख्न सकिन्छ।

स्थानीयले यो आक्रमण जानाजानी भएको हुनसक्ने आशंका गरेका छन् ।

टिभीबाट प्राप्त तस्विरमा एक संदिग्ध व्यक्तिलाई बन्दुक लिएर प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्