२८ जेठ २०८३, बिहीबार
नेपाल प्रिमियर लिग

कीर्तिपुरमा क्रिकेट रौनक [तस्वीरहरू]

पुस ६, २०८१
काठमाडौं
कीर्तिपुरमा क्रिकेट रौनक [तस्वीरहरू]

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल भइरहेको छ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । 

एनपीएलको फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा क्रिकेटका ‘फ्यानहरू’ उर्लिएका छन्  । दुवै टिमका समर्थकहरूले त्रिवि मैदान भरिभराउ छ । 

खेल हेर्नका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा मा‌‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि गृहमन्त्री रमेश लेखकसम्म त्रिवि मैदान कीर्तिपुर पुगेका छन् ।

यस्तै, उद्योगमन्त्री दामोदर भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह लगायत पनि खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर मैदान पुगेका छन् । 

सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जीतको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ । 

प्रतियोगिताको विजेताले एक करोड १० लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् । 


हेर्नुहोस् कीर्तिपुरमा देखिएको क्रिकेट रौनक 
null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्