२८ असार २०८३, आइतबार

ढुक्क हुनुस्, कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला

पुस ६, २०८१
धनगढी
ढुक्क हुनुस्, कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला

​नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले अबको कांग्रेस बलियो र गतिशील हुनुपर्ने बताए । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिनुपर्ने बताउँदै उनले आफू नेतृत्व लिन तयार रहेको बताए ।

'कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधानअनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन,' उनले भने, 'कांग्रेसलाई जोगाउन र लोकतन्त्रको सुदृढीकरण गर्नका लागि पनि महाधिवेशनको आवश्यक छ ।'

पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । 'अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । विस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकाले म चिन्तित छु,' उनले भने ।

null

अब पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ । अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु,' कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने ।

पार्टीभित्र अहिले लोकतान्त्रिक संस्कृति नरहेको भन्दै उनले आगामी दिनमा त्यस्तो हुन नदिने बताए ।

कांग्रेस-एमाले समीकरणको वर्तमान सरकारको क्रियाकलापले आफू निराशा भएको उनको भनाइ छ ।​​

'छिटो-छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौं । तर सरकारले सो अनुसार परिणाम दिन सकेन,' उनले भने ।

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग अन्तरक्रिया तथा छलफल गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्