२३ जेठ २०८३, शनिबार

आधा किलो सुन र नगदसहित २ जना पक्राउ

पुस ७, २०८१
धनगढी
आधा किलो सुन र नगदसहित २ जना पक्राउ

कैलालीको धनगढीमा आधा किलो सुन र नगदसहित दुई जना भारतीय नागरिक पक्राउ  परेका छन् ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार- २ पलियाखिरीका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका- ३ को ट्राफिक चौराहबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ५४९ दशमलव दुई सय ग्राम सुन, ४४ हजार ८१० नेपाली रुपैयाँ, एक हजार २८० भारतीय रुपैयाँ र सुन बोक्न प्रयोग गरिएको यूपी ३२ जेभी ९२०० नम्बरको भारतीय गाडी एउटा ल्यापटप र दुई वटा मोबाइलसमेत बरामद गरिएको प्रहरी उपरीक्षक पदम विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएको हो ।

एसपी विष्टका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उद्देश्यले सुन तस्करी गरी ल्याइएको खुलेको छ ।

सुनसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्