२४ असार २०८३, बुधबार

शेयर बजारको ओरालो यात्रा कायमै, दोहोरो अङ्कले परिसूचक घट्दा साढे ४ अर्बको कारोबार

पुस ७, २०८१
काठमाडौं
शेयर बजारको ओरालो यात्रा कायमै, दोहोरो अङ्कले परिसूचक घट्दा साढे ४ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक १३.५३ अङ्कले घटेर २५८३.२९ को विन्दुमा अडिएको हो ।

आइतबार बजारमा ९१ लाख ८० हजार ७१८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत साताको अन्तिम कारोबारका दिन बिहीबार ३१.४३ अङ्कले घटेर २५९६.८२ को विन्दुमा अडिएको थियो ।

गत साताभर परिसूचक एक दिन मात्रै बढेको थियो । त्यसयता निरन्तर परिसूचक घट्ने क्रममा छ ।

आइतबार परिसूचक घटे पनि वाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सपोर्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा रिभर फल्स पावर लिमिटेड २२ करोड ३ लाख १२ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्