०१ साउन २०८३, शुक्रबार

साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउने बाटो खुल्यो

पुस ७, २०८१
काठमाडौं
साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउने बाटो खुल्यो

सरकारले साना तथा मझौला कम्पनीलाई पुँजी बजारमा ल्याउने बाटो खुलाइदिएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो ।

कम चुक्ता पुँजी भएका साना तथा मझौला कम्पनीहरूले पनि धितोपत्र निष्कासन गर्न पाउनेगरी धितोपत्र बोर्डले नियमावलीको मस्यौदा तयार गरेको थियो ।

बोर्डले २०८० चैत १६ गते सार्वजनिक गरेको मस्यौदा २०८१ जेठ ६ गते अर्थ मन्त्रालयमा पठाएको थियो भने अर्थ मन्त्रालयले मस्यौदालाई मन्त्रिपरिषद्‌मा पठाएको थियो । जुन शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृत दिइसकेको छ । 

मस्यौदा स्वीकृति भएसँगै पुँजी बजारमा आउन नसकेका साना तथा मझौला संस्थाहरूका लागि नयाँ बाटो खुलेको छ । यसले साना तथा कम चुक्ता पुँजी भएकाहरूले पनि पुँजी बढाउन शेयर निष्कासन गर्न पाउनेछन् ।

अर्थात् स-साना कम्पनीले पनि आईपीओमार्फत सर्वसाधारणसँग रहेको पुँजी परिचालित गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्