२८ जेठ २०८३, बिहीबार

ब्राजिलमा निजी प्लेन दुर्घटना : एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

पुस ८, २०८१
काठमाडौं
ब्राजिलमा निजी प्लेन दुर्घटना : एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा एक निजी प्लेन दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । विमानको पाइलटिङ गरिरहेका ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेज्जी आफ्नी श्रीमती, तीन छोरी र परिवारका अन्य सदस्यसहितको दुर्घटनामा मृत्यु भएको उनको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सानो प्लेन भवनको चिम्नीमा ठोक्किएर घर र पसलमा खसेको बीबीसीले जनाएको छ । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो ।

समाचारअनुसार दुर्घटनामा जमिनमा रहेका १७ जना घाइते भएका छन् ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय ग्यालेज्जी आफ्नो परिवारलाई साओ पाउलो राज्यको जुन्डियाको भ्रमणमा लैजाँदै थिए।

उनले प्रतिकूल मौसममा विमान उडेको बताए । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । ब्राजिलमा आइतबार मात्रै बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्