२३ जेठ २०८३, शनिबार

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

पुस ८, २०८१
काठमाडौं
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित एक समारोहबीच उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

जङ्गबहादुर चौहान- रुसी महासंघ, चन्द्रकुमार घिमिरे- संयुक्त अधिराज्य, शनिल नेपाल- स्पेन, डा. शिवमाया तुम्बाहाङ्फे- कोरिया र डा. शंकरप्रसाद शर्मा- भारतको राजदूतमा नियुक्त भएका थिए । 

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्