२१ जेठ २०८३, बिहीबार
ओलम्पिक कमिटी विवाद

ओलम्पिक कमिटीको साधारण सभामा सरकारद्वारा रोक, जबर्जस्ती गर्न खोजेपछि प्रहरी परिचालन

पुस ८, २०८१
काठमाडौं
ओलम्पिक कमिटीको साधारण सभामा सरकारद्वारा रोक, जबर्जस्ती गर्न खोजेपछि प्रहरी परिचालन

सरकारले नेपाल ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा रोक लगाएको छ ।

अदालतको अन्तरिम आदेशविपरीत साधारणसभा गरी उम्मेदवारी मनोनयन अगाडि बढाएपछि प्रहरीले त्यसमा रोक लगाएको हो ।

उच्च अदालत पाटनले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न आदेश गरे पनि जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आफूखुशी विधान संशोधन गरेर मनोनयन प्रक्रिया अगाडि बढाएको थियो । 

ओलम्पिक कमिटी आफूखुशी अगाडि बढेपछि राष्ट्रिय खेलकुद परिषदले साधारण सभा रोक्न खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।

त्यसपछि खेलकुद मन्त्रालयको आग्रहमा गृहमन्त्रालयले सोमबार ओलम्पिक कमिटी परिसरमा प्रहरी परिचालन गरेको हो ।

अहिले सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय प्रहरीको नियन्त्रणमा छ । प्रहरी पुगेपछि मनोनयन प्रक्रिया अवरुद्ध भएको छ ।

पढ्नुहोस्, यो पनि :
ओलम्पिक कमिटीमा जीवनरामको मनोमानी, फेरि अध्यक्ष बन्न अदालतको आदेश अवज्ञा
 

salt training

कमेन्ट गर्नुहोस्