०८ असार २०८३, सोमबार

मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

पुस ८, २०८१
काठमाडौं
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ शान्ति सेनाको अदलीबदली गरेको छ ।

युनाइटेड नेसन्स मल्टिडामेन्सनल इन्टिग्रेटेड स्टेबलाइजेशन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का)मा तैनाथ लाइट इन्फन्ट्री बटालियन (एलआईबी) अन्तर्गत महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली, सेनानी हुपेन्द्रलाल रेग्मीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

उनीहरू संयुक्त राष्ट्रसंघको चार्टड विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी प्रज्ज्वल थापाको नेतृत्वमा यही पुस ७ गते नै स्वदेश फिर्ता भएका छन् ।

हाल मिनुस्का मिसनमा नेपाली सेनाका १ हजार २४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्