२२ जेठ २०८३, शुक्रबार
विश्वका खेलाडी बोलाएर राष्ट्रको बेइज्जत

ब्याडमिन्टन संघले जबर्जस्ती थाल्यो अवैध प्रतियोगिता, राखेपको दोहोरो भूमिका

अनुमति नदिएको कार्यक्रममा विशिष्ट अतिथि बने घिसिङ, प्रचण्ड पनि अवैध कामको साक्षी
पुस ८, २०८१
काठमाडौं
ब्याडमिन्टन संघले जबर्जस्ती थाल्यो अवैध प्रतियोगिता, राखेपको दोहोरो भूमिका

रामजीबहादुर श्रेष्ठ नेतृत्वको नेपाल ब्याडमिन्टन संघको अवैध तदर्थ समितिले राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना नै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको छ ।

सोमबारदेखि आयोजना गरिएको योनेक्स सनराइज नेपाल च्यालेञ्ज प्रतियोगिताको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गरेका छन् ।

प्रचण्ड प्रमुख अतिथिको रूपमा उक्त प्रतियोगिताको उद्घाटन समारोहमा पुगेका थिए ।

null

राखेपले स्वीकृति नै प्रदान नगरेको अवस्थामा राखेपका सदस्य सचिव टंकलाल घिसिङ विशिष्ट अतिथि बनेर उक्त उद्घाटन समारोहमा उपस्थित भए ।

त्यति मात्र होइन, उनले सम्बोधनका क्रममा रामजीबहादुर श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष भनेर सम्बोधन समेत गरेका थिए । यसमा घिसिङको दोहोरो भूमिका देखिएको छ ।

'एकातर्फ राखेपले स्वीकृति नदिने, अवैध तदर्थ समिति हो पनि भन्ने, तर औपचारिक सम्बोधनका क्रममा तदर्थ समिति पनि नभन्ने,' ब्याडमिन्टन संघका एक सदस्यले लोकान्तरसँग भने, 'अर्कातर्फ आफैं विशिष्ट अतिथि बनेर उद्घाटन गर्न पुग्नुले सदस्य सचिवले दोहोरो भूमिका देखाएको प्रस्ट हुन्छ ।'

उद्घाटन समारोह चलिरहँदा लोकान्तरले राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले प्रतियोगितालाई स्वीकृति नदिइएको बताए ।

 'हामीले सोमबारको मितिसम्म पनि स्वीकृति प्रदान गरेका छैनौं,' राईले भने ।

null

साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गर्नका लागि तदर्थ समिति गठन गरिएको भएपनि साधारण सभा गर्न नसकेकाले उक्त तदर्थ समिति अवैध रहेको उनले प्रस्ट्याए ।

सदस्य सचिव घिसिङ विशिष्ट अतिथि बनेर सहभागी भएको सन्दर्भमा प्रश्न सोध्दा उनले भने, 'त्यो विषयमा मलाई केही थाहा भएन । सदस्य सचिवज्यूको व्यक्तिगत मामिलामा मैले केही बोल्न मिल्दैन ।'

राखेपका सदस्य सचिव घिसिङकै निर्देशनमा ब्याडमिन्टनका प्रमुख प्रशिक्षक सुदीपकुमार योञ्जन तथा प्रशिक्षकहरू जयन्त श्रेष्ठ, मेघराज कठायत, राजेशप्रताप शाक्य र किरण थापा सहभागी भएनन् ।

प्रशिक्षक जयन्त श्रेष्ठले राखेपले उक्त प्रतियोगितालाई स्वीकृति नदिएका कारण सहभागी नभएको बताए । 'राखेपले स्वीकृति दिएको छैन । हामी राखेपले स्वीकृति प्रदान गर्ने कार्यक्रममा मात्र जान मिल्छ,' प्रशिक्षक श्रेष्ठले लोकान्तरसँग भने, 'अब भोलिसम्ममा स्वीकृति दिने भन्ने कुरा पनि छ । स्वीकृति दिएको अवस्थामा मात्र जाने हो ।'

अर्का प्रशिक्षक किरण थापाले पनि राखेपका सदस्य सचिव घिसिङले नजान भनेकाले नगएको बताए । त्यस्तै, प्रशिक्षक मेघराज कठायतले अनुपस्थितिका विषयमा प्रमुख प्रशिक्षक योञ्जनलाई सोध्न आग्रह गरे ।

प्रमुख प्रशिक्षक सुदीपकुमार योञ्जनले सदस्य सचिव घिसिङले नै उक्त प्रतियोगितामा नजान निर्देशन दिएकाले उपस्थित नभएको बताए ।

'राखेपले प्रतियोगितालाई स्वीकृति दिएको छैन । स्वीकृति नदिएको अवस्थामा राखेपका कुनै पनि प्रशिक्षकहरू सहभागी नहुने भनेर हिजो सदस्य सचिवज्यूले मलाई निर्देशन दिनुभएको थियो,' योञ्जनले लोकान्तरसँग भने, 'हामी राखेपका कर्मचारी भएकाले राखेपको निर्देशनानुसार नै प्रतियोगितामा नगएको हो ।'

नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, यूएई, जाम्बिया, युगान्डा, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन र जापानका खेलाडीहरूले उक्त प्रतियोगितामा भाग लिँदैछन् ।   

पढ्नुहोस्, यो पनि :

२२ देशका खेलाडी बोलाएर राष्ट्रको बेइज्जत, अनुमतिविना अवैध प्रतियोगिता गर्दै ब्याडमिन्टन संघ
 

salt training

कमेन्ट गर्नुहोस्