२३ जेठ २०८३, शनिबार

लक्ष्मी सन्‌राइज बैंक र आएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी

पुस ८, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंक र आएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी

लक्ष्मी सन्‌राइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको  साझेदारीमा 'एम्पावर फाइनान्स एलायन्स' अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदम भएको बैंकले जनाएको छ । 

अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

पति-पत्नी, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो ।

यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ॠण लिन बाध्य बनाइनु जस्ता कृयाकलापहरू पर्दछन् ।

यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न सक्ने बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्