०२ असार २०८३, मंगलबार

चलचित्र छायाङ्कन : ड्रोन कार्यशाला

पुस ९, २०८१
काठमाडौं
चलचित्र छायाङ्कन : ड्रोन कार्यशाला

​चलचित्र विकास बोर्डको आयोजनामा १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ ।

कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उनले चलचित्र छायाङ्कनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको बताए ।

चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिरछविकार राजभाइ सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपालीलगायत २५ जना सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्