१७ असार २०८३, बुधबार

रेसुङ्गाको १४ नम्बर वडा टुक्राउने प्रस्ताव नगरसभाबाट पारित

पुस ९, २०८१
बुटवल
रेसुङ्गाको १४ नम्बर वडा टुक्राउने प्रस्ताव नगरसभाबाट पारित

गुल्मीको सदरमुकाम तम्घास बजार रहेको रेसुङ्गा नगरपालिकाले वडा नम्बर–१४ लाई टुक्राउने निर्णय गरेको छ ।

१६ औं नगरसभाले मानव संसाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्तुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्ताव पारित गरेको हो ।

नगर प्रमुख खिलध्वज पन्थीले भौगोलिक रूपमा पछाडि परेको वडा नम्बर–१४ लाई विभाजन गर्ने प्रस्ताव पारित गरिएको बताए ।

‘वडा नम्बर १४ साविकको पराल्मी गाविस हो,’ मेयर पन्थीले लोकान्तरसँग भने, ‘पराल्मी र रातामाटा छुटिने गरी अब वडा बन्नेछन् । एउटा ठाउँबाट वडामा सिफारिस लिन ३ घण्टा हिँड्नुपर्ने अवस्था छ । त्यहीँ भएर विभाजन गर्ने निर्णय गरेका हौं ।’​

नगरसभाको निर्णय अब प्रदेशमा पठाउने उनले बताए । प्रदेशले वडा विभाजनको सिफारिस संघीय सरकारसमक्ष पठाउने र संघले निर्णय लिने उनले जानकारी दिए ।

यो वडा गुल्मी क्षेत्र नम्बर १ मा पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्