०८ असार २०८३, सोमबार

धनुषाका  २४ विद्यालयमा भौतिक तथा शैक्षिक सुधार कार्यक्रम

पुस ९, २०८१
धनुषा
धनुषाका  २४ विद्यालयमा भौतिक तथा शैक्षिक सुधार कार्यक्रम

आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछिपरेका समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले धनुषाका विभिन्न २४ विद्यालयमा शैक्षिक अवस्थामा सुधार एवं पूर्वाधार विकास कार्य अगाडि बढाइएको छ । 

प्लान इन्टरनेशनल नेपालको पूर्वक्षेत्रीय कार्यालय जनकपुरधामको आज यहाँ आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संस्थाको शिक्षा परियोजनाअन्तर्गत चार वर्षअघि कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिइएको हो । 

जिल्लाको विदेह, सहिदनगर, कमला र सबैला नगरपालि तथा जनकनन्दनी गाउँपालिका गरी पाँच वटा स्थानीय तहका २४ वटा विद्यालयमा कार्यान्वयन भइरहेको यस कार्यक्रममा हालसम्म रु पाँच करोड ७८ लाख खर्च भएको सो संस्थाका रुविना राउतले जानकारी दिइन्। संस्थाको कार्यप्रगति प्रस्तुत गर्दै उनले जापान सरकारको आर्थिक सहयोगमा प्लान इन्टरनेशनलद्वारा नेपालका ४२ वटा जिल्लामा शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, बालिकालाई सेनेटरी प्याड र औषधि वितरण, लैङ्गिक भेदभावविरुद्ध जनचेतना, शिक्षकलाई तालिम, कम्युटर प्रदान, शैक्षिक छलफल, अनुगमनलगायत कार्य भइरहेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्