२१ असार २०८३, आइतबार

शुरू भयो एमाले सचिवालय बैठक

पुस १०, २०८१
काठमाडौं
शुरू भयो एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले झण्डै तीन घण्टा ढिला गरेर शुरू भएको हो । 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकले केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल भइरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्