
प्युठानमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नौबहिनी गाउँपालिका- १ खारखोलाका २५ वर्षीय ज्ञानेन्द्र राना मगर छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मगरले ती किशोरीलाई यही पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।