१२ साउन २०८३, मंगलबार

शिक्षकलाई एआईसम्बन्धी तालिम

पुस १०, २०८१
झापा
शिक्षकलाई एआईसम्बन्धी तालिम

शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर–१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी तालिम प्रदान गरिएको छ । ​

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरूको सहभागिता थियो ।

नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गरेका थिए ।

पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन सहयोग पुग्ने क्याम्पसका निमित्त प्रमुख तेजप्रसाद खनालले बताए ।

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गरेर शिक्षण थप प्रभावकारी हुने अपेक्षा गरेको बताए । उनले भने, 'एआईको सही प्रयोगले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने रहेछ ।'

salt training

कमेन्ट गर्नुहोस्