२६ असार २०८३, शुक्रबार

नेपालको यात्रा एक कांस्यमा सीमित

पुस १०, २०८१
काठमाडौं
नेपालको यात्रा एक कांस्यमा सीमित

काठमाडौँमा जारी योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित हुँदै समाप्त भएको छ ।

आज सम्पन्न मिक्स युगल तर्फको सेमिफाइनलमा खेलमा नेपालका नम्बर एक खेलाडी द्वय प्रिन्स दाहाल र रसिला महर्जन थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडी सँग २१–१५, २१–१७ ले पराजित भए पश्चात् नेपाल एक कांस्यमा खुम्चिन गएको हो ।

यस अघि प्रिन्स र रसिलाको जोडीले क्वाटरफाइनलमा नेपालकै क्षितिज खनाल र शोभा गौचनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको मिकस युगलकै अर्को खेलमा मलेसियाका लाउ यि सेङ्ग र याप रु चेनको जोडीले फाइनलमा स्थान बनाए । उक्त जोडीले भारतका थानदाङ्ग्री हेमा नगेन्द्र बाबु र श्रीललिता सुप्रिया यलाप्रागाडाको जोडीलाई २१–१०, २१–९ले पराजित गरेका थिए ।

महिला एकल तर्फको खेलमा भारतकी इरा शर्माले जित हात पार्दै फाइनलमा थाइल्यान्डकी ललिनरात चाईवान संगको भेट पक्का गरिन् । ईराले सेमिफाइनलमा थाइल्यान्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले युएसएकी इसिका जयसवाललाई २१–१४, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्