२८ असार २०८३, आइतबार

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

पुस १०, २०८१
काठमाडौं
तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

 तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले युएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
     
युएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेञ्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताए ।  प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । 

     अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
     
क्वली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पाञ्जी एडभेञ्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् ।
     
कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेञ्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेञ्जिङ लामाले बताए । 
     
    प्रतियोगितामा पुरूष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । यसपटकको प्रतियोगितामा पुरूषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला÷पुरूषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्