१० साउन २०८३, आइतबार

भोलिदेखि फेरि पानी पर्ने सम्भावना, कस्तो रहला आजको मौसम ?

पुस ११, २०८१
काठमाडौं
भोलिदेखि फेरि पानी पर्ने सम्भावना, कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शुक्रबारदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको महाशाखाले जनाएको छ । शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने मौसमविद् बताउँछन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताए ।

'शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव शुरू हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्