१५ असार २०८३, सोमबार

मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान

पुस ११, २०८१
काठमाडौं
मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान

मोरङको जहदा गाउँपालिका-३ की २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीले म्याद थपगरी अनुसन्धान शुरू गरेको छ । 

मोरङ प्रहरीले पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरू गरेको हो । 

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का २० वर्षीय महमद रमजान, ठाउँका १९ वर्षीय सुनिलकुमार साह र भारत विहार घर भई हाल कटहरी-२ बसी ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर पक्राउ परेका छन् । 

उनीहरुविरुद्ध मोरङ अदालतमा बिहीबार अपहरण, शरीर बन्धक राखि ज्यान मार्ने उद्योग र जबरजस्तीकरणी मुद्दामा म्याद थपगरी थप अनुसन्धान भइरहेको मोरङ  प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । 

पुस ९ गते दिउँसो अन्दाजी १२:५० बजे ती महिलामाथि तीन जनाले कटहरी गाँउपालिका वडा नं. २ कदमगछिस्थित बाँसघारी नजिक खेतमा सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारपछि दुवै हात र खुट्टा बाँधेको र मुखमा समेत कपडा कोचेको अर्धचेत अवस्थामा उनी फेला परेकी थिइन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्