
सशस्त्र प्रहरीले पर्साबाट चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतबाट अवैध रूपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
बरामद चक्लेट तथा भ्यान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रूपैयाँ रहेको सशस्त्रका सहायक प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।
गाडी चालक भने फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।