
लागुऔषध मुद्दामा एक वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सुनाइएपछि फरार रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२, मोहरियाका ४४ वर्षीय राजन श्रेष्ठ रहेका छन् । उनलाई बिहीबार बिहान घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतले उनलाई गत कात्तिक २३ गते लागुऔषध गाँजा मुद्दामा १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।