२४ असार २०८३, बुधबार

अर्थ समितिबाट पारित भयो सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक

पुस ११, २०८१
काठमाडौं
अर्थ समितिबाट पारित भयो सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहीबार बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । समिति सभापति सन्तोष चालिसेले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । 

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए । 

बैठकमा समितिका सदस्य उपेन्द्र यादवले सामान्य त्रुटि नराखी सोझै धितोसम्बन्धी भनेर उल्लेख गरिनुपर्ने बताए । 

पूर्वअर्थमन्त्रीसमेत रहेका समितिका अर्का सदस्य डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानूनमा सामान्य त्रुटिको परिभाषा गरिएकाले त्यसै अनुसार यसलाई समाधान गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

समिति सदस्य डा स्वर्णिम वाग्लेले सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानूनमा गरिएकाले विधेयकमा पनि व्यवस्था गरिनुपर्ने बताए । 

समिति सदस्य ज्ञानबहादुर शाहीले सामान्य त्रुटि भनेको के के हो भन्ने उल्लेख हुनुपर्छ भने । बैठकमा समितिका सदस्यहरू छिरिङ डम्गुल लामा, जुलीकुमारी महतो, गंगा कार्की, नारायणप्रसाद आचार्यलगायतले सामान्य त्रुटिका विषयलाई मिलाएर विधेयक पारित गरिनुपर्ने सुझाव दिए थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्