०८ असार २०८३, सोमबार

अक्षय कुमारको शोमा यसकारण गएनन् कपिल शर्मा

कात्तिक २९, २०७४
अक्षय कुमारको शोमा यसकारण गएनन् कपिल शर्मा

सन् २०१७ को शुरुवातदेखि अहिलेसम्म कमेडियन कपिल शर्मा लगातार समाचारहरुमा छाएका छन् ।

पछिल्ला केही दिनदेखि आफ्नो फिल्म फिरंगीको प्रचारका लागि उनी कयौं टेलिभिजन कार्यक्रमका लागि गइरहेका छन् । यसै सिलसिलामा कपिललाई अक्षय कुमारको कार्यक्रम शो द ग्रेट इण्डियन लाफ्टर च्यालेन्जमा पनि जानु थियो । तर उनी गएनन् । उनी स्वास्थ्यमा आएको समस्याका कारण शोमा नगएको समाचारहरु सार्वजनिक भएका छन् । 


फिल्म प्रमोशनका लागि लगातार व्यस्त रहेका कपिलको स्वास्थ्य एकपटक फेरि विग्रिएको हो । जसका कारण उनले कपिललाई द ग्रेट इण्डियन लास्फटर च्यालेन्जको सुटिङ क्यान्सिल गर्नु परेको थियो । 

यस हप्ता प्रसारित भएको सलमान खानको शोमा कपिल आफ्नो फिल्मको प्रमोशनका लागि पुगेका थिए । उनी सोनी टिभीको शो सुपर डान्सर २ को सेटमा पनि आफ्नो फिल्मको प्रमोशनका लागि गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्