०४ साउन २०८३, सोमबार

लाओसमा डेंगु संक्रमितको संख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु

पुस १२, २०८१
काठमाडौं
लाओसमा डेंगु संक्रमितको संख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु

लाओसमा डेंगुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदनअनुसार राजधानी भेन्टियानमा सबैभन्दा बढी पाँच हजार ७६१ जनामा सङ्क्रमण देखिएको छ ।​

डेङ्गुका कारण लुआङ प्राबाङ प्रान्तमा चार, राजधानीमा तीन, सेकोङ प्रान्तमा दुई र लुआङ नम्था र भेन्टियाने प्रान्तमा एक–एक गरी ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगको फैलावटलाई नियन्त्रण गर्न र सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले लाओसमा स्वास्थ्य अधिकारी र चिकित्सा कर्मचारीहरूलाई डेङ्गु ज्वरोको गम्भीर प्रकोप रोक्नको लागि व्यवस्थापन सुधार गर्न आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्