
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उजको निधनप्रति दुःख व्यक्त गर्दै सिंह भारतका दूरदर्शी नेता रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन् ।