
गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्लाको सत्यवती गाउँपालिका–२ पाहादीस्थित कालीगण्डकी करिडोरमा शुक्रबार राति गिट्टी लिएर पूर्तिघाटतर्फ जाँदै गरेको लु १ क ५४०० नम्बर टिपर दुर्घटनामा परेको हो ।
दुर्घटनामा टिपर चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षका श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिए ।
दुर्घटनामा सल्यान बनगाउँ–७ का २३ वर्षका मोहन जैसी घाइते भएका छन् । टिप्पर सडकबाट तल खसेको थियो ।