२१ असार २०८३, आइतबार

हुम्लामा तेस्रो पटक हिमपात, सिमकोटमा चार इञ्च हिउँ जम्यो

पुस १३, २०८१
हुम्ला
हुम्लामा तेस्रो पटक हिमपात, सिमकोटमा चार इञ्च हिउँ जम्यो
फाइल तस्वीर

हुम्लासहित कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । 

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ । 

यस्तै, सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । 

तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्