
गण्डकी प्रदेश खेलकुद परिषद्ले खेल संघहरूलाई दर्ता, नवीकरण तथा प्रतियोगितासम्बन्धी स्वीकृतिमा ऐन र नियमावलीको पालना गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ को प्रावधानअनुसार खेल संघहरूले केन्द्रदेखि जिल्ला तहसम्म वार्षिक रूपमा साधारण सभा सम्पन्न गरी लेखा परीक्षणको आधारमा अद्यावधिक नवीकरण गर्नुपर्ने व्यवस्था छ । परिषद्मा दर्ता रहेका केही खेल संघहरूले यो प्रक्रिया पालना नगरेको परिषद्ले जनाएको छ ।
परिषदले मंसिर मसान्तसम्म साधारण सभा र नवीकरण नगर्ने संघहरूको विवरण उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेको छ। साथै, गण्डकी प्रदेशभित्रका खेल संघहरूलाई पुस २० गतेभित्र अनिवार्य रूपमा दर्ता तथा साधारण सभा सम्पन्न गर्न/गराउन सूचना जारी गरेको छ।
परिषदले कुनै पनि निजी क्षेत्र वा अन्य खेल संघहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुअघि परिषदबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधानबारे संघहरूलाई स्मरण गराएको छ । केही खेल संघहरूले ऐन विपरीत प्रतियोगिताका लागि आयोजकलाई स्वीकृति दिएको पाइएको भन्दै परिषदले ऐनको पालना सुनिश्चित गर्न संघहरूलाई सचेत गराएको छ ।
यस्तो छ सूचना
