
बाँकेबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज- १३ का ४० वर्षीय हिस कवाडिया र नेपालगञ्ज १६ जयसपुरका ४० वर्षीय बदरुदिन जसगढ छन् ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
