
मुम्बइमा एक बैंकमा चोरीका लागि चोरहरुले २५ फुट लामो सुरुङ खनेका छन् । बीबीसीका अनुसार चोरहरुले चार महिना लगाएर यो सुरुङ खनेका थिए ।
प्रहरीले बीबीसीलाई बताए अनुसार नगर र गहना लुटिएको छ । प्रहरीले चोरले कति नगद र गरगहना लग्यो भन्ने हिसाव भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार चोरले बैंक अफ बडौंदाको नजिकै एक स्थान भाडामा लिएका थिए ताकि सुरुङ खन्न सकियोस् ।
शनिवार राति बैंकमा डकैती भएको थियो र शंकास्पद व्यक्तिहरु फरार हरेका छन् ।
चोरहरुले महिनासम्म कसैको थाहा नपाउने गरि सुरुङ खन्ने काम कसरी गरे भन्ने कुरा पत्ता लागेको छैन । समाचारहरुका अनुसार यस बैक चोरीको शिकार बनेका खातावालहरुसँग कुराकानी गरेका छन् ।
बैंकका कर्मचारीलाई बैंकमा भएको चारी त्यतिबेला थाहा भएको थियो जब उनीहरुले शुक्रबार विहान बैंक खोलेका थिए । त्यस लगत्तै उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।