२७ असार २०८३, शनिबार

महाभियोग सिफारिश समितिमा बोलाइएका संविधानविदले राय दिएनन्

कात्तिक २०, २०७४
महाभियोग सिफारिश समितिमा बोलाइएका संविधानविदले राय दिएनन्
काठमाडौं ४ माघ - व्यबस्थापिका संसदको महाभियोग सिफारिश समितिमा बोलाइएका दुइजना संविधानका विज्ञले राय दिन इन्कार गरेका छन ।

संसदमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्धको महाभियोग प्रस्तावको टुङ्गो कसरी लगाउने भन्ने बिषयमा समितिले कानून सुधार आयोगका अध्यक्ष माधव पौडेल र कानून मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले राय दिन अस्वीकार गरेका हुन् ।

लोकमानलाई नियुक्त गर्ने सरकारको मन्त्री रहेको भन्दै पौडेलले राय दिन अश्वीकार गरेका हुन । उच्च अदालतको न्यायाधीशमा सिफारिश भइसकेको भन्दै कानून सचिव ढुङ्गानाले राय दिन मानेनन् । राय सुझावका लागि बोलाइएको दुवैजनाले राय दिन अस्वीकार गरेपछि समितिको मंगलवारको बैठकपनि निश्कर्षहीन भएको छ । बुधवारको बैठकमा महान्यायाधीवक्ता रमन श्रेष्ठलाई समितिमा बोलाइएको समिति सदस्य एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।

सर्वोच्च अदालतले नियुक्ती बदर गरिसकेको अबस्थामा महाभियोग प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउने भन्नेमा संसदीय समितिमा राय बाझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्