
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा गएका छन् । पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उत्तर प्रदेशको राजधानी लखनउ गएका हुन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्र परिवार भारत गएकाे नेपाल समाचारपत्रमा खबर छ। पूर्वराजा ज्ञानेन्द्र परिवारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको बताइएको छ। अर्थात् मुख्यमन्त्री योगी आदित्यले नै सबै सुरक्षा र अन्य व्यवस्था गरेका छन् ।
स्रोतका अनुसार उनले उत्तर प्रदेशका मुख्यमन्त्रीलगायत भारतका उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।