०४ साउन २०८३, सोमबार

सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला

पुस १४, २०८१
धनुषा
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र सरकार सफल हुने बताए ।

राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे । 

उनले भने, 'यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।'

डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्