२७ जेठ २०८३, बुधबार

यात्रा संस्मरण 'लेकबेँसीका सुगन्धहरू' सार्वजनिक

पुस १४, २०८१
काठमाडौं
यात्रा संस्मरण 'लेकबेँसीका सुगन्धहरू' सार्वजनिक

स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण 'लेकबेँसीका सुगन्धहरू' नामक कृति सार्वजनिक गरिएको छ ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा उक्त कृतिको सामूहिक रूपमा विमोचन गरेका हुन् ।​

माझीटार क्षेत्र यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान 'अविरल बग्दछ इन्द्रावती'को सिर्जना भूमि पनि हो ।​​ विकलले यसै क्षेत्रमा बसेर उक्त कृति सिर्जना गरेका थिए ।

सुमन नेपालको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रममा समालोचकद्वय ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखेका थिए । 

यस्तै, कृतिकार महेन्द्र चालिसेका दाजु एवं साहित्यकार विजय चालिसेले पनि संक्षिप्त मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विकलको सिर्जना भूमिमा आएर उनकै सुपुत्रको कृति लोकार्पण गर्न पाउँदा खुशी लागेको बताए । ४०/४५ वर्षअघि यसै क्षेत्रमा विकलसँग पटक-पटक सँगै भ्रमण गर्दाका स्मरणीय प्रसङ्गहरू उनले सुनाए । 

कार्यक्रममा सर्जक महेन्द्र चालिसेले राजधानीदेखि मण्डन देउपुरको माझी गाउँमै आएर आफ्नो कृति सार्वजनिक गर्नुको उद्देश्य कृति लोकार्पणका बहानामा पिताको सिर्जना भूमिसँग स्रष्टाहरूलाई परिचित गराउनु रहेको बताए ।​

काठमाडौंदेखि पुगेका १०० साहित्यकारसहित स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आलोक चालिसेले गरेका थिए भने कार्यक्रमको संयाेजन प्रतीक घिमिरेले गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्