३० जेठ २०८३, शनिबार

हुम्लामा लगातार हिमपात

पुस १४, २०८१
हुम्ला
हुम्लामा लगातार हिमपात

हुम्लामा पुस १२ गतेदेखि लगातार हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ ।

लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले जानकारी दिए ।

'गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ,' उनले भने ।

सिमकोट हुने सबै हवाई यातायात बन्द भएको हवाई उड्डयन कार्यालयले जानकारी गराएको छ ।

चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्