१४ असार २०८३, आइतबार

गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

पुस १४, २०८१
चितवन
गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्