२८ असार २०८३, आइतबार

अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु

पुस १४, २०८१
काठमाडौं
अफगानिस्तानमा सिलिन्डर विस्फोट हुँदा चार जनाको मृत्यु

पूर्वी अफगानिस्तानको खोस्त प्रान्तमा शनिबार राति ग्यास सिलिन्डर विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।

खोस्ट प्रान्तीय सरकारका प्रवक्ता मुस्तगफिर गुरबाजले भने,“यो घटना प्रान्तको राजधानी खोस्ट शहरको बाहिरी भागमा रहेको एक आवासीय अपार्टमेन्टमा भएको थियो, जसमा एक महिला र तीन बालबालिका सहित चार जनाको मृत्यु भएको थियो ।”

गुरबाजका अनुसार घटना हुँदा परिवारका सदस्यले घर तातो पार्न खोजिरहेका थिए ।

अफगानिस्तानमा, मानिसहरूले जाडोमा आफ्नो आवासीय घरहरू तताउन ग्यास सिलिन्डर प्रयोग गर्ने सामान्य छ, जसले कहिलेकाहीं घातक दुर्घटनाहरू हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्