२१ जेठ २०८३, बिहीबार

अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

पुस १५, २०८१
काठमाडौं
अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।

कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । कार्टरलाई अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा लिने गरिएको छ।  

कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै, कार्टरलाई सम्झिँदै पूर्वराष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताएका छन् । 

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिमी कार्टरलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । 

उनले १०० वर्षको भएपछि पनि मतदान पनि गरेका थिए । 

जिमीले क्याम्प डेभिडमा इजिप्ट र इजरायल बीचको ऐतिहासिक शान्ति सम्झौतालाई मध्यस्थता गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्