०१ साउन २०८३, शुक्रबार

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा अमेरिकामा कार्यक्रम

पुस १५, २०८१
काठमाडौं
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा अमेरिकामा कार्यक्रम

नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधैं सहयोगी हुने बताए ।

उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्रविधिको आवश्यकताबारे चर्चा गरे ।​ 

त्यस अवसरमा अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको नेपाली नागरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेस कार्यालयले जनाएको छ । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजङ्ग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरूको नागरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्