१० साउन २०८३, आइतबार

बन्दीपुर भ्रमण वर्ष मनाइँदै,  एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

पुस १५, २०८१
तनहुँ
बन्दीपुर भ्रमण वर्ष मनाइँदै,  एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । 

बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यका साथ सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको बताए । 
      
भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरिएको छ । सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने योजना छ । “भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक ल्याउने योजना बनाएका छौँ”, उनको भनाइ छ, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटक बन्दीपुर पु¥याउने हाम्रो लक्ष्य छ ।”

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक रु तीन हजार पु¥याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय पर्यटक अट्ने क्षमता छ ।

salt training

कमेन्ट गर्नुहोस्