१३ असार २०८३, शनिबार

खानाको बारेमा समेटिएको पुस्तक ‘टिमुर’ विमोचन

पुस १५, २०८१
काठमाडौं
खानाको बारेमा समेटिएको पुस्तक ‘टिमुर’ विमोचन

वरिष्ठ सेफ्स घनश्याम कँडेलद्वारा तीन सय १३ स्वदेशी तथा विदेशी खानाको बारेमा लेखिएको पुस्तक ‘टिमुर’ विमोचन गरिएको छ ।

सेफ्स कँडेलले तीन दशकमा आफूले स्वदेशी तथा विदेशी खाना बनाउँदा सगालेको अनुभवलाई  पुस्तकमार्फत प्रस्तुत गरेका हुन्। उक्त पुस्तक  आज अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले विमोचन गरे। कार्यक्रममा महानिर्देशक रिजालले नेपाली तथा विदेशी खानाको संरक्षण गर्न पुस्तकबाट सहयोग पुग्ने बताए । उनले खाना जीवनपद्धति र संस्कार भएकाले यसलाई संरक्षण गर्न यस्ता पुस्तकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । 

नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष चन्द्रप्रसाद रिजालले ‘टिमुर’ नेपाली खाना बनाउने भान्सेका लागि अनुसन्धनात्मक पुस्तक भएको बताए । 

पुस्तकका लेखक कँडेलले नयाँ पुस्तालाई नेपाली खाना र कन्टिनेन्टल खाना बनाउन सहयोग पुग्ने हेतुका साथ पुस्तक प्रकाशनमा ल्याएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्