२८ जेठ २०८३, बिहीबार

पुरानो पर्व तोल ल्होसार मनाइँदै

पुस १६, २०८१
काठमाडौं
पुरानो पर्व तोल ल्होसार मनाइँदै

आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा प्रत्येक वर्षको पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार मनाइँदैछ ।
 
तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । 

तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ ।

तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।
  
हिमाली क्षेत्रका मानिस आज स्नानगरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोतगरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ ।

आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । 

ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्