०४ साउन २०८३, सोमबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पुस १६, २०८१
काठमाडौं
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।

सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ ।

आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ ।

आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्