०१ साउन २०८३, शुक्रबार

गैँडाको आक्रमणबाट २ जना घाइते

पुस १६, २०८१
चितवन
गैँडाको आक्रमणबाट २ जना घाइते

पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्