०३ साउन २०८३, आइतबार

भरुवा बन्दुक र बारुदसहित २ जना पक्राउ

पुस १६, २०८१
काठमाडौं
भरुवा बन्दुक र बारुदसहित २ जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा हरिवन नगरपालिका- ११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र बागमती नगरपालिका- २ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा छन् ।​​

हरिवन नगरपालिका- ६ चारली चोकबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिससहित उनीहरूलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रे खोलातर्फ जाँदै गरेको बा २३ प ८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियारसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्