०७ असार २०८३, आइतबार

घरमै आगो तापिरहेका बेला गैँडाको आक्रमण

पुस १६, २०८१
चितवन
घरमै आगो तापिरहेका बेला गैँडाको आक्रमण

पूर्वी चितवनमा गैंडाको आक्रमणमा परेर दुई जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६:२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । 

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्