२३ असार २०८३, मंगलबार

कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत

पुस १६, २०८१
काठमाडौं
कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना मनोनीत भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री चीनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा उनीहरूलाई मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा खगेश्वर बोहरा- कञ्चनपुर, मीनबहादुर भण्डारी- जुम्ला, ध्रुव खड्का- काठमाडौं, जमसेर अलि मियाँ- कपिलवस्तु र सीताराम परियार- काभ्रेपलाञ्चोक रहेका छन् ।

यसैगरी शम्भुहरि बाँस्तोला- सोलुखुम्बु, सञ्जीव घिमिरे- झापा, जुनु गुरुङ- लम्जुङ, ई. विजयकुमार सिंह- रौतहट र राजीव श्रेष्ठ- काठमाडौं रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्